• २०८३ बैशाख १४ गते सोमवार

कुनै सांसदले एमसीसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन : नेता भीम रावल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीमा थुप्रै ‘राष्ट्रघाती प्रावधान’ रहेको भन्दै त्यो स्वीकार गर्न नहुने बताएका छन् ।

आजको संसद बैठकपछि संवाददाताहरूसँग कुराकानी गर्दै रावलले भने, ‘एमसीसका थुप्रै प्रावधान राष्ट्रघाती छन् । कुनै पनि संसदको सदस्यले एसीसीका राष्ट्रघाती प्रावधान मान्नु हुँदैन ।’ रावलले एमसीसी सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानून समेत मान्नुर्ने प्रावधान रहेको दाबी गरे ।

‘सम्झौतामा अमेरिकाको वर्तमान र भविष्यको कानून मान्नुपर्ने लेखिएको छ,’ रावलले भने, ‘अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा बाहेकका कुनै पनि काम गर्न नपाइने भनिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस