• २०८३ मङ्सिर ६ गते शनिवार

एमसीसीविरोधी प्रदर्शनमा सडकमा निस्किए नारायणकाजी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एमसीसीविरुद्ध सडकमा उत्रिएका छन् । संसदीय दलको बैठकलगत्तै माओवादी कार्यकर्ता र भ्रातृ संगठनको एमसीसीविरुद्धको प्रदर्शनमा नेता श्रेष्ठ पनि सहभागी भएका छन् ।

माओवादी संसदीय दलको बिहान बसेको बैठकले एमसीसी यथास्थितिमा पेस र पारित गर्न नहुने जबरजस्ती गरिए गठबन्धन तोडेर सरकारबाट बाहिरिने निर्णय गरेको थियो । माओवादीनिकट भ्रातृसंगठनसहितले बानेश्वरमा गरिरहेको विरोध प्रदर्र्शनमा नेता श्रेष्ठ सहभागी भएका हुन् ।

माओवादीले संशोधनपछि मात्र एमसीसी अनुमोदन गर्नुपर्ने बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस