• २०८३ बैशाख १७ गते बिहिवार

२३ जना बन्दकर्ता उपत्यकाबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ४,काठमाडौं। एमसीसीको विरोधमा नेपाल बन्द गराउँन निस्केका २३ जना बन्दकर्तालाई उपत्यकाबाट प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालयका अनुसार आज बिहान २ महिला सहित २३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कोटेश्वर चोकमा पेट्रोल छर्केर ट्याक्सी जलाउन खोज्ने ५० वर्षीय मंगलबहादुर मोक्तान लगायत रहेका छन । आज मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकार माओवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वकोको नेकपा माओवादी केन्द्र समाजवादी तथा सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रक मोर्चाले नेपाल बन्दको आह्वान गरेका छन् ।

काठमाडौं उपत्यकामा सवारी साधन सामान्य रुपमा संचालन भईरहेको र उपत्यकामा बन्दको आशिंक रुपमा प्रभाव परेको प्रारिले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस