• २०८३ जेष्ठ ३ गते आइतवार

च्यासलका १९ खेलाडी कोरोना संक्रमित भएपछि पुलिससँगको खेल स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २,काठमाडौँ ।सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको आइतबारका लागि तय गरिएको खेल स्थगित भएको छ।

च्यासल युथ क्लबका अधिकांस खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। च्यासलले आफ्ना १९ जना खेलाडीलाई कोरोना लागेपछि पुलिसविरूद्धको खेल स्थगित गर्न एन्फासँग अनुरोध गरेको थियो।त्यसपछि एन्फाको लिग कमिटीले मेडिकल कमिटीसँगको सल्लाहमा खेल स्थगित गर्ने निर्णय गरेको थियो।
नवौं चरणको यो खेलको मिति केही दिनपछि तय गरिनेछ। दुईबीच आज ४ ४५ मा खेलहुने तय थियो।
एन्फाले न्युरोड टिम र जावलाखेल युथ क्लबबीच हुने सोमबारको खेल तोकिएकै समयमा हुने जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस