• २०८३ बैशाख ९ गते बुधवार

नक्कली नोट सहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, सिरहा । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीको टोलीले नक्कली नोट सहित एकजनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका-६ दोहटियाबाट ५ सय रुपैयाँ दरको २ थान नक्कली जस्तो देखिने नोट सहित भारत बेल्ही परवाली बस्ने २८ वर्षीय राहुल कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस