• २०८३ बैशाख ७ गते सोमवार

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौँ ।संघीय संसद्अन्तर्गत राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि ३ माघमा दिउँसो १ बजे बस्ने गरी बैठक तोकिएको थियो ।


तर, विशेष कारणवश सो दिन बस्न नसक्ने भएकाले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको संघीय संसदका महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

Sharing

प्रतिक्रिया दिनुहोस