• २०८३ बैशाख ५ गते शनिवार

भक्तपुरका जनताको एउटै स्वरः ‘एमालेलाई विजय गराएर मात्र आराम गर्छौ’

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

असोज २९, भक्तपुर  ।  आगामी मंसिर ४ गते हुने संघीय तथा प्रदेश निर्वाचनको माहोल तातिरहेको समयमा भक्तपुरका जनता भने एक ढिक्का भएर निर्वाचनमा होमिएको उद्घोष गरेका छन् ।

जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोलमा अखिल नेपाल महिला संघ वडा कमिटी तथा गणेश वस्ती टोल सुधार कमिटीले संयुक्त रुपमा आयोजना गरेको नेपालीहरुको महान् चाड दिपावली, छठ तथा नेपाल संवत्को अवसरमा आयोजित शुभकामना तथा चियापना कार्यक्रममा उपस्थिती जनताले अबको मिसन मंसिर ४ गते एमालेलाई विजयी गराई समृद्ध भक्तपुर बनाउने दृढता व्यक्त गरेका छन् ।

कार्यक्रममा बाल्दै स्थानीयवासी राकेश थापाले भक्तपुरको ऐतिहासिक परिर्वनको लागि एमालेले खेलेको भूमिकालाई उच्च प्रशंसा गर्दै एमालेको संघीय सांसदका उम्मेदवार नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमालेको भक्तपुर क्षेत्र नं. २ को उम्मेदवार महेश बस्नेत र प्रदेश ‘क’का उम्मेदवार किरण थापालाई विजयी गराएर छाड्ने उदघोष गर्नुभयो । ‘आगामी मंसिर ४ गतेको निर्वाचनमा एमालेका उम्मेदवार विजयी हुनुहुन्छ । कसैले रोक्न सक्नेवाला छैन । तर निर्वाचन हो, नतिजालाई घोषणा नभएसम्म प्रतिक्षा गर्नुपर्छ । आफ््नो पार्टीको मतदाताको मत संरक्षण गर्नुपर्छ । एमालेको वियज त करिव भई सकेको छ, घोषणा हुन मात्र बाँकी छ । अब पनि हामी २४सैं घण्टा लाग्नेछौं । एमालेको मत जतिसक्दो बढाउने छौं । एमालेको उम्मेदवार विजय भएको घोषणा नगरेसम्म हामी आराम गर्ने छैंनौं ।’ उक्त कुरालाई उपस्थिती स्थानीयवासीले गडगडाहत रपमा तालिले स्वागत गरेका थिए ।

गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले भ्रमको खेती गरिरहेको उल्लेख गर्दै उहाँले कांग्रेसका जिल्ला नेताले विकास गर्दा समेत मुद्धा हालेको भन्दै गुनासो गर्नुभयो । विकास गर्दा समेत जनतालाई मुद्धा हाल्ने कांग्रेसका नेताले खुल्ला ‘टक सो’मा आएर जिल्ला सभापति तथा गठबन्धनका उम्मेदवार दुर्लभ थापा र प्रदेशका उम्मेदवार विष्णुराज कार्कीले एमालेका उम्मेदवार बस्नेत र थापासँग बहस गर्ने हिम्मत छ ? भनि प्रश्न समेत गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि एमालेको उम्मेदवार नेता महेश बस्नेतले जनताले चाहेको विकास, समृद्धि, उन्नती तथा प्रगतिको लागि एमालेको अपरिहार्यता रहेको उल्लेख गर्नुभयो । राजनीतिले प्रत्यक्ष रुपमा जनता र मुलुकसँग सहकार्य गर्ने उल्लेख गर्दै नेता बस्नेतले भक्तपुरमा एमालेको नेतृत्वमा विकासले कायापलट भएको दावी गर्नुभयो । आफ्नो नेतृत्व आएसँगै भक्तपुरमा २६ अर्व बजेट ल्याएको जानकारी गराउँदै उहाँले कांग्रेस माओवादीले बनाउने भन्दा पनि भत्काउने मात्र काम गरेको भन्दै आक्रोस जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको सरकार बनेसँगै महंगीले तीन गुणा बढेको छ । भक्तपुरमा आएका असंख्य योजना तथा बजेट कटौती गरिएको छ । विकासलाई लत्याएर भक्तपुरको विकास र समृद्धिमा कुठाराघात गरेको छ । कांग्रेस तथा माओवादीले बनाउने हैन, भत्काउने बाहेक केही गर्न जानेको छैन । सरकार फेरिएर जिल्लामा एमालेको नेतृत्वमा आएका योजना हनुमन्ते, मनोहरा करिडोर, प्राणी उद्यान केन्द, सूर्यविनायक धुलिखेल सडकको स्तरउन्नती, क्यान्सर अस्पताल निर्माणलगायतका भक्तपुरका ऐतिहासिक महत्व राख्ने योजनाहरुलाई कटौती गर्न खोजिएको छ । तर यो गठबन्धन सरकारले सपना नदेखे हुन्छ । आगामी मंसिर पछि एमालेको सरकार आउँछ । त्यसपछि ति सवै योजनाहरु एक–एक गरेर सफल बनाउँछौं ।’

कांग्रेसका उम्मेदवार चुनावमा देखिने त्यसपछि जनताले भेट्न समेत नपाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘कांग्रेस भनेको चुनाव अघि जनतालाई तारा झारिदिन्छौं भन्छन् तर जितेपछि तार हैन, दाह्रा झारिदिन्छौं भन्ने प्रकारको रहेका छन् ।’ एमालेले बोलेको कुरा शतप्रतिशत पुरा गर्ने उल्लेख गर्दै उहाँले आफुले बोलेको भन्दा बढी जनताको पक्षमा काम गरी जनतालाई थप बोनस दिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । निर्वाचित भएपछि पार्टी भन्दा पनि देश र जनताको पक्षमा रहने उल्लेख गर्दै उहाँले भक्तपुरका जनताले मागेभन्दा पनि बढी काम गर्ने तथा जनताको योजना तथा भावनालाई पुरा गर्ने प्र्रतिवद्धता जनाउनुभयो ।

कांग्रेसले एमालेलाई लगाएको आरोपले एमाले झनैं दह्रो भएको उल्लेख गर्दै उहाँले केपी ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सालाई बुच्चे बनाएको आरोप लगाउनुभयो । कांग्रेस नेतृत्वको गठबन्धनको सरकारले एमसीसी, एसपीपी, नागरिकता विधेयकलगायतका राष्ट्रघाती कार्यहरु कार्यहरु गरी मुलुकलाई अध्यारो बाटोमा लैजाने प्रयास गरेता पनि एमालेले त्यसलाई निर्ममताका साथ प्रतिरक्षा गरी मुलुकलाई कालो अध्यारो युगमा लैजाने गठबन्धनको प्रयासलाई रोकेको बताउनुभयो ।

आफ्नो उम्मेदवार आम सूर्यविनायकवासीको भएको उल्लेख गर्दै प्र्रदेश उम्मेदवार किरण थापाले आफ्नो जीत नै सूर्यविनायक र सिपाडोलवासीको जीत हुने बताउनुभयो । पाँच वर्षमा एमालेको नेतृत्वमा सूर्यविनायकको विकास र समृद्धिले कायपलट नै ल्याएको उदाहरण प्रस्तुत गर्दै उहाँले सडक, पुल, स्वास्य, शिक्षालगायतका भौतिक पूर्वाधारको ऐतिहासिक विकास एमालेको नेतृत्वमा भएको बताउनुभयो । आफु वडाध्यक्ष भएको समयमा सिपाडोलमा मात्र ५० किलोमिटर सडक बनाएको र १५ किलोमिटर कालोपत्रे गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘वडामा ५० किलोमिटर सडक बनेको छ । १५ किलोमिटर कालोपत्रे गरेका छौं । १७ सय परिवारलाई खानेपानीको धारा वितरण गरेका छौं । घर घरमा खानेपानी पुर्याएका छौं ।’

विकासको पर्यायवाची भनेको नै एमाले भएको उल्लेख गर्दै उहाँले अधुरा कामहरु सम्पन्न गराउन एमालेको विकल्प नभएको बताउनुभयो । जनताको दुःख सुखमा आफ्नो उपस्थिती रहेको उल्लेख गर्दै उहाँले जनताको साथ र सहयोगमा आफ्नो हर दिन उपस्थिती हुेन प्रतिवद्धता जनाउनुभयो ।

त्यस्तै वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले भक्तपुरको विकासमा विगतमा कसले के गर्यो ? कसले के भन्योे ? भन्ने कुरा घाम जस्तै छर्लङ्ग भएको उल्लेख गर्दै सूर्यमा मतदान नै जनताको भाग्य र भविष्य उज्वल हुने दावी गर्नुभयो । चार वर्ष सुत्ने र चुनावको समयमा उठेर विभिन्न झुटा सपना देखाउनेदेखी समाधान हुन आम सिपाडोलवासीलाई आग्रह गर्दै मंसिर ४ गतेको निर्वाचनमा एमालेलाई आफ्नो वडाबाट कम्तिमा पनि ८० प्रतिशत मत सुक्षित गराउने प्रतिवद्धता जनाउनुभयो ।

लक्ष्मी कार्कीको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संघ टोल कमिटी गठबन भएको छ । संघको हालसम्म वडा नं. ८ मा मात्र ६ वटा टोलकमिटीहरु गठन गरिएको संघले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस