• २०८३ असार १५ गते सोमवार

प्रि-ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ३० साउन प्रि–ओपन सेसनमा नेप्से सूचक २.८२ अंकले घटेको छ । यससँगै सूचक २००७.१९ विन्दुमा अडिएको छ । १४ लाख ३० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४९ वटा कारोबार भएको छ । ४ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस