• २०८३ जेष्ठ १६ गते शनिवार

साउनको अन्तिम सोमबार, पशुुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौं, ३० साउन साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ ।

Avatar

साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

जस कारण साउनको सोमबार व्रत बस्ने र शिवको आराधना गर्ने गरिन्छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थियो । यस वर्षको साउनको आज अन्तिम सोमबार हो ।

साउनको सोमबार व्रत बसेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

थप तस्बिर ग्यालरीमा पनि छ ।

AvatarAvatarAvatarAvatarAvatarAvatarAvatarAvatarAvatarAvatarAvatarAvatarAvatar

Sharing

प्रतिक्रिया दिनुहोस