• २०८३ बैशाख १५ गते मङ्गलवार

गोलीसहित एक युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले तीन राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ। आइतबार भरतपुर महानगरपालिका वडा नम्बर ११ भोजाडबाट उनलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभएको छ ।

होलीको समयमा अस्थायी प्रहरी पोष्ट नजिक जाँचका क्रममा गोलीसहित १८ वर्षीय युवा पक्राउ परेका हुन । अनुसन्धान भइरहेकाले प्रहरीले नाम गोप्य राखेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याएर थप अनुसन्धान शुरु गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस