• २०८३ बैशाख २५ गते शुक्रवार

सूर्य चिन्ह अरू दलले स्वीकार्नु एमाले प्रमुख शक्तिका रुपमा स्थापित हुनु हो: महासचिव पोखरेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कमल थापाले राजतन्त्र छोडेकोले राप्रपा नेपालसँग चुनावी तालमेल भएको प्रष्टिकरण दिनुभएको छ । पाँच दलीय सत्ता गठबन्धनसँग एक्लै चुनाव लड्ने अभिव्यक्ति दिइरहेको राप्रपासँग चुनावी तालमेल गरे पछि विभिन्न टिप्पणी भएका थिए ।

यसबारेमा महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत एमालेका धारणा राख्दै उहाले भन्नुभएको छ, ‘विखण्डनको बाटो छोड्दा सिके राउतलाई, हिंसा छोड्दा विप्लवलाई र राजतन्त्र छोड्दा कमल थापालाई साथ दिनु आवश्यक छ । निर्वाचनमा सूर्य चिन्ह अरू दलले स्वीकार्नु नेकपा (एमाले) प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित हुनु हो ।’

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस