• २०८३ जेष्ठ ४ गते सोमवार

थप ८३ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ८३ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ७८ हजार ४४ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय ४६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ सय ३० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६१ हजार ३ सय ४८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५० जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस