फागुन ३, काठमाडौं । नेकपा एमालेनिकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सडकलाई नै संसद बनाएर संसदीय अभ्यासको नमुना प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सांकेतिक बैठक गरेर सभामुखको गतिविधिको संघले विरोध प्रदर्शन गरेको हो।
बैठकमा ‘गैर सांसदलाई संसदमा निषेध गर’, ‘पार्टी फुटाउने षड्यन्त्र निषेध गर’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे’ लगायत नारा लगाउँदै विरोध गरेका थिए।
एमालेले सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभामा निष्पक्ष भूमिका ननिभाएको भन्दै बैठक अवरूद्ध गर्दै आइरहेको छ।