• २०८३ बैशाख ८ गते मङ्गलवार

दुर्घटनामा एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३०, सप्तरी। सप्तरी रुपनी गाउपालिका ६ विरेन्द्र बजारमा बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। यसरी मृत्युु हुनेमा सोहि ठाउँका पैदल यात्री ५५ वर्षीय दिपनारायण मेहता रहेका छन्।

पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको स ४ प १३३४ नं.को मोटरसाईकलले ठक्कर दिएपछि ठक्करबाट गम्भीर घाइते भएका मेहतालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

चालक र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस