• २०८३ जेष्ठ १६ गते शनिवार

चापागाउँको वाणी विलास विद्यालयको छात्रवृत्ति कोषलाई रत्न महर्जनले दिए एक लाख रुपैयाँ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, ललितपुर । चापागाँउस्थित वाणी विलास विद्यालयमा आफ्ना बाबुआमाको नाममा छात्रवृत्ति कोष स्थापनाका लागि स्थानीय रत्न महर्जनले एक लाख रुपैयाँको प्रदान गरेका छन् ।

विद्यालय परिसरमा आयोजित भवन हस्तान्तरण तथा ४०औं अभिभावक दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा महर्जनले शिक्षा मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा अक्षयकोष स्थापनाका लागि रकम दिएका हुन् ।

आर्थिक अवस्था कमजोर विद्यार्थीहरूले पढ्न पाउन् भनेर छात्रवृत्तिको लागि पैसा दिएको महर्जनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस