• २०८३ बैशाख १० गते बिहिवार

आजकाे माैसम : सामान्यतया सफा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं ।हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ । दिउँसो नेपालका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने माैसम पूर्वानुमान महाशाखाले अनुमान गरेकाे छ ।

पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

Sharing

प्रतिक्रिया दिनुहोस