• २०८३ मङ्सिर २ गते मङ्गलवार

थप एकको कोरोना संक्रमणका कारण मृत्यु

कर्णाली ब्युरो पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, सुर्खेत । नेपालमा थप एकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । क्वारेन्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि बुधबार घर फर्किएका पञ्चपुरी नगरपालिका वडा १ हाँसे गाउँका २० बर्षिय युवाको बिहान २ बजेतिर एक्कासि मृत्यु भएको थियो ।

जेठ ७ गते भारतबाट फर्किएर जनता मावि विद्यापुरको क्वारेन्टीनमा बसेका उनको त्यही मृत्यु भएको हो । उनको मृत्यु भएपछि बिहिबार स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि वीरेन्द्रनगर ल्याइएको थियो । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो । उहाँले स्थानीय पालिकासँग समन्वय गरेर नेपाली सेनाले शब व्यवस्थापन गर्न परिचालन भइसकेको बताउनुभयो ।

उनको मृत्युबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक रुपमा पुष्टि गरेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस