• २०८३ बैशाख ८ गते मङ्गलवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, झापा। २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपलिका-१० माईधार बस्ने २४ वर्षीय निकेश दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

निकेशले ती महिलालाई शिवसताक्षी नगरपलिका-९ संगम चोकस्थित जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस