• २०८३ बैशाख १६ गते बुधवार

ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, मोरङ। धनपालथान गाउँपालिका-३ बेतौना बस्ने ३० वर्षीया महिलाको अन्दाजी १३ तोला चाँदीका गहना ठगी गरेको अभियोगमा सोही गाउँपालिका-७ बस्ने ४० वर्षीया रिना खातुनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रिनाले ती महिलाको घरमा चाँदीका गरगहना राखी जोखना हेराउने भन्दै उक्त परिमाणको चाँदीका गहना ठगी गरी लगेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बतौनाबाट खटिएको प्रहरीले रिनालाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस