• २०८३ साउन ३१ गते आइतवार

बैंकिङ कसुर मुद्दाका फरार दुई अभियुक्त पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौँ।प्रहरीले बैंकिङ कसुरका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका ९ घर भई काठमाडौंस्थित सोह्रखुट्टे बस्ने एमएम कन्स्ट्रक्सन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक बाह्रबिसे घर भई हाल काठमाडौंस्थित तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् ।

आफ्नो खातामा पर्याप्त रकम नहुँदा नहुँदै पनि जाहेरवालालाई झुक्याई चेक दिएको र रकम भुक्तान हुन नसकेको भन्दै उच्च अदालत पाटनले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिमको कसुरमा सजाय सुनाएको थियो ।केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले प्रतिवादीलाई पक्राउ गरी सोमबार ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जनाए ।अदालतले गुरुङलाई बिगोबमोजिम २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ भने भण्डारीलाई ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस