फागुन २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग प्रस्ताव गलत भएको बताएका छन् । नयाँ बानेश्वरको संसद भवनमा जारी बैठकमा ओलीले जबराविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको आरोप लगाएका हुन् । ओलीले भने, ‘सहमति बेगर महाभियोग प्रस्ताव आयो ।

एमसीसीसहितको विषयमा एमालेलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गर्न गठबन्धनले काम गरिहेको पनि अध्यक्ष ओलीको आरोप छ । ओलीले भने, ‘आवेश र उत्तेजनामा निर्णय लिदैंनौं । लोकतन्त्र र संविधानका लागि आवश्यक निर्णय भने अवश्य लिन्छौं ।