• २०८३ बैशाख ८ गते मङ्गलवार

सुकेटार विमानस्थल पुनः सञ्चालनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, ताप्लेजुङ। मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ । भारी हिमपात र प्रतिकूल मौसमका कारण सो विमानस्थलमा दुई सातादेखि हवाई उडान हुन सकेको थिएन ।मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार उडान भएकोे नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिनुभयो ।

विगमका जहाजले काठमाडौँबाट १४ यात्रु ताप्लेजुङ आइपुगेको छ, भने ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौँ पुगेको उहाँ बताउनुभयो ।विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो । निगमले सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस