• २०८३ असार ११ गते बिहिवार

तास खेलिरहेको अवस्थामा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, भक्तपुर । सूर्यविनायक नगरपालिका-३ बालकोट महेन्द्र शान्ती चोक नजिक बस्ने ४४ वर्षीय रामबाबु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा रानाभाट लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस