पौष ३०,कैलाली । धनगढीमा खैरो हिरोइन सहित २ जना पक्राऊ परेका छन । कैलाली जिल्लाको धनगढी उपहानगरपालिका वडा नम्बर २ स्थित शंक को आधारमा स्थानिय २४ वर्षिय सन्त शाह र २७ वर्षिय वसन्त ओलीलाई चेक जांच गर्दा उनी हरुको साथबाट १ ग्राम ६०० मिली ग्राम लागुऔषध खैरो हिरोइन फेला पारी पक्राऊ गरेको कैलाली प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राऊ गरी दुवै लाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।