• २०८३ जेष्ठ ३ गते आइतवार

बताससँग नारायणहिटीको ठेक्का सम्झौता तोडिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, काठमाडौं । बतास समूहसँग गरिएको नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन सञ्चालन गर्ने सम्झौता तोडिने भएको छ। छानबिन समितिले कानुनविपरीत ठेक्का सम्झौता रहेको प्रतिवेदन दिएसँगै बताससँग ठेक्का सम्झौता तोड्ने प्रक्रिया थालिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका अनुसार कानुनी कुराहरू सबै बुझ्ने काम भइरहेको छ । मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा क्यान्टिन बनाउन अब नयाँ ठेक्का पनि नलाग्ने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस