• २०८३ बैशाख ६ गते आइतवार

टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ३०, कैलाली । धनकुटा नगरपालिका–२, नागढुंगामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धनकुटाबाट वसन्तपुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०३–००१ क ०५४९ नम्बरको टिपर आज बिहान अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा टिपर चालक प्युठानको माण्डवी गाउँपालिका–१ का २७ वर्षीय भुवन ठेडीमगर र परिचालक दाङको बबई गाउँपालिका–३ का २१ वर्षीय नवीन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

त्यसमा चालक र परिचालक च्यापिएको प्रहरीचौकी हिलेले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस