• २०८३ बैशाख १९ गते शनिवार

सेयर बजारमा दोहोरो अंकको गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २७, काठमाडौं ।  सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार बजार परिसूचक नेप्से १०.५४ अंकले गिरावट भएर १८८३.१६ अंकमा बन्द भएको छ । २० लाख २८ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४९ लाख १२ हजारको कारोबार भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ५.३०, विकास बैंक ३.८४, जलविद्युत २०.४६, जीवन बीमा ७०.७३, उत्पादन तथा प्रशोधन ३३.१६, माइक्रोफाइनान्स ५३.८२, ट्रेडिङ समूहको २६.२६, निर्जीबन बीमा समूहको उपसूचक १८.४४ अंकले घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस