• २०८३ बैशाख २० गते आइतवार

पछिल्लो चौबिस घण्टामा १० जना मृत अवस्थामा फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असोज २७, काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।सर्लाहीको बलरा नगरपालिका–८ बलुवाभारस्थित पोखरीमा हाल पहिचान नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापाको मेचीनगर नगरपालिका–१४ स्थित हडिया खोलामा सोही नगरपालिका–१३ सुगम टोल बस्ने ४१ वर्षीय बिष्णु राजवंशी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङको कटहरी गाउँपालिका–३ सिक्टी बस्ने २२ वर्षीया निसा सिंह सोही नगरपालिकास्थित आफ्नै माईती घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

इलामको चुलाचुली गाउँपालिका–१ श्रीगंगा टोल बस्ने ७१ वर्षीया बुद्दरानी लिम्बु सोही गाउँपालिकास्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

कास्कीको पोखरा महानगरपालिका–१५ अमिनतारास्थित सेती नदीको किनारमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको गडवा गाउँपालिका–२ स्थित राप्ती नदीको किनारमा हाल पहिचान नखुलेकी १३ वर्षिया बालिका बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

चितवनको भरतपुर महानरपालिका–२६ हिरापुरस्थित नारायणी नदीको बगरमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–१८ बाङ्गेघाटस्थित नारायणी नदीको किनारमा हाल पहिचान नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका–११ निमाघाटस्थित कालिगण्डकी नदीको किनारमा हाल पहिचान नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मुडियारीस्थित पानीको कुलोमा हाल पहिचान नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाको सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस