• २०८३ भाद्र ५ गते शुक्रवार

बौद्ध धर्मको मानमर्दन भएको भन्दै कबड्डी-४ को प्रदर्शन रोक्न उजुरी दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ । बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै सोमबार चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर उजुरी दर्ता गरेका हुन् ।

१२३१/२०७९/२/३० दर्ता नम्बर रहेको उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी –४ चलचित्रको मुल कथावस्तु र प्रस्तुतीका दश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्ष वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानि नोक्सानी पु¥याइ अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकुल असर पर्ने विषय समावेश हुँदा हुदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाउँ ।’

यसअघि तत्काल सो फिल्मको प्रदर्शन रोक्न माग गरिएको छ ।

Avatar

Avatar

Avatar

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस