• २०८३ बैशाख ९ गते बुधवार

सुनको मूल्य ३०० रुपैयाँले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३०, काठमाडौं । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाली बजारमा आइइबारको तुलनामासोमबार तोलामा ३०० रुपयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँ किनबेच भएको सुन सोमबार ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९८ हजार ४०० रुपैयाँ कायम गरिएको छ ।

चाँदीको मूल्य भने प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस