• २०८३ जेष्ठ २३ गते शनिवार

कालीकोटको एक मतदान केन्द्रमा मतदान स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, सुर्खेत । कालीकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका माध्यमिक मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ । मतदानका बिषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित गरिएको हो ।

मतदान केन्द्रमा ५८८ मतमध्ये ३१६ मत खसेपछि विवाद भएको मतदान अधिकृत रचना गुरुङ्गले बताइन् । अहिले पुनः मतदानका बिषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको उनले जानकारी दिइन् ।

Sharing

प्रतिक्रिया दिनुहोस