• २०८३ असार १६ गते मङ्गलवार

सुनको मूल्य ६ सयले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ३०, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ ६ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको तोलाको ६ सयले बढेर एक लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि २० रुपैयाँले बढेको छ । मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस