• २०८३ बैशाख १७ गते बिहिवार

सार्वजनिक लेखा समितिको प्रतिवेदन संसदमा पेस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् ।

एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकाेटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस