• २०८३ बैशाख १८ गते शुक्रवार

१० जना जुवाडे पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २९, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिका–९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले मनमैजु बस्ने बागलुङ खुङ्ला गाउँपालिका -८ घर भएका ३९ वर्षीय युवराज कँडेललगायत १० जनालाई शनिबार राति पक्राउ गरेको हो ।

उनीहरुलाई नगद १ लाख ९ हजार ७ सय ४५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस