• २०८३ जेष्ठ २३ गते शनिवार

प्रधानन्यायाधीशविरुद्ध महाभियोग : एमालेले बोलायो संसदीय दलको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक आह्वान गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सत्ता गठबन्धनले महाभियोग लगाएपछि त्यसबारे धारणा बनाउन एमालेले आफ्ना सांसदहरुलाई बोलाएको हो ।

बैठक सोमबार विहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । एमालेले प्रधानन्यायाधीश राणासहित परमादेश दिने पाँचै जना न्यायाधीशविरुद्ध महाभियोग लगाउनुपर्ने बताउँदै आएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनरत कानुन व्यवसायीलाई पाँचै जना न्यायाधीश हटाउनुपर्ने आशय राखेका थिए ।

भोलिको बैठकले परमादेश दिने बाँकी चार न्यायाधीश दिपककुमार कार्की, मिरा खड्का, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडालाई पनि महाभियोग लगाउन सक्नेबारे निर्णय लिने अनुमान गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस