मंसिर २६, काठमाडौं । भारतीय नेता भुपेन्द्र पटेल आज सोमबार गान्धीनगरमा गुजरात राज्यको मुख्यमन्त्रीको शपथ लिनेभएका छन् । उनको मुख्यमन्त्री शपथ कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रधानमन्त्री मोदीको गृहनगर गुजरातमा सोमबार २ बजे शपथ ग्रहण गराउने कार्यक्रम छ । ६० वर्षीय नेता पटेललाई गत शनिबार भारतीय जनता पार्टीले विधायक नेतामा चयन गरेको थियो । कार्यक्रममा भाग लिन प्रधानमन्त्री मोदी आइतबार साँझ गृहनगर गुजरात पुगिसकेका छन् ।
हालै भएको विधानसभा निर्वाचनमा भाजपाले गुजरातको १८२ सिटमध्ये १५६ सिटमा विजयी निकालेको थियो । भाजपाको यो नियमित सातौं पटकको विजय भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
