• २०८३ मङ्सिर ९ गते मङ्गलवार

वीर अस्पतालदेखि जमलसम्मको फुटपाथ अस्तव्यस्त (तस्बिरहरू)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । करिब साढे दुई वर्षदेखि काठमाडौं महानगरपालिका- २७ अन्तर्गत वीर अस्पतालबाट जमल जाने बाटोको फुटपाथ निर्माण नहुँदा सो क्षेत्र अव्यवस्थित बनेको छ। फुटपाथ बनाउने भन्दै सामग्रीहरू राखिएको भए पनि काम नबढ्दा पैदल यात्रु सघन यातायातसँगै जोखिम मोलेर हिँड्न बाध्य छन् ।

स्थानीयका अनुसार फुटपाथमा थुपारिएका निर्माण सामग्री र अव्यवस्थित संरचनाका कारण सडक अझै साँघुरो बनेको छ । वीर अस्पताल आसपास दैनिक ठूलो सङ्ख्यामा पैदल यात्रु ओहोरदोहोर गर्ने हुँदा समस्या झनै बढेको छ ।

सहरी क्षेत्रमा सुरक्षित हिँड्डुलका लागि फुटपाथ अनिवार्य भए पनि काठमाडौंका धेरै भागमा यस्तै अवस्थाका कारण पैदल यात्रुको सुरक्षामा निरन्तर असर परेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस