• २०८३ बैशाख ३० गते बुधवार

बागीसहित प्रस्तावक र समर्थकलाई कांग्रेसले गर्‍यो ५ वर्षका लागि निष्कासन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २६,काठमाडौँ । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारविरुद्ध बागी उम्मेदवारसहित समर्थक र प्रस्तावलाई पार्टीबाट निष्कासित गरेको छ । पार्टीको सदस्यसमेत नरहने गरी उनीहरूलाई पाँच वर्षका लागि निष्कासन गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।\

‘आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिइ तोकिएको मिति र समय भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार र निजको प्रस्तावक र समर्थकलाई नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित)को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी ५ बर्षका लागि निस्कासन गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गरीन्छ।’ विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार कांग्रेसले गठबन्धनविरुद्ध उमेदवारी दिएकाहरूलाई बुधबार दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिन निर्देशन दिएको थियो ।

309432476_664024551751802_7288919606849861590_n1665576721.jpg

Sharing

प्रतिक्रिया दिनुहोस