• २०८३ बैशाख ५ गते शनिवार

पछिल्लाे २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं। पछिल्लाे २४ घण्टामा थप १७९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएकाे छ । याेसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ९८ हजार ८७०जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार २७१ जना रहेका छन । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १७१ आज जना डिस्चार्ज भएका छन । याेसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८४ हजार ५५८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १५ जना रहेको मन्त्रालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस