• २०८३ भाद्र ११ गते बिहिवार

मुगुमा पहिलो पटक सैनिक भर्ना परीक्षा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, मुगु। हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाकाे परीक्षा भएकाे छ । रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलाे पटक ५० सैनिक काेटाका लागि भर्ना परीक्षा लिएका हुन् ।

जसमा पाँच महिलासहित ५० सैनिक जवान काेटाका लागि भर्ना प्रक्रिया सुरु भएकाे हाे । ५० काेटाका ५१ महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए । भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् । शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लाेकसेवाले लिखित परीक्षा लिनेछ ।

परीक्षाका लागि आयोगसँग परामर्श भइरहेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।

https://khabar24nepal.com/2022/06/12/126584

Sharing

प्रतिक्रिया दिनुहोस