• २०८३ असार १० गते बुधवार

शशांक कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट भोट हाल्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २९, काठमाडौं । नेपाली काँग्रेसका नेता शशांक कोइरालाले स्थानीय तह निर्वाचन काठमाडौंबाट भोट हाल्ने भएका छन् । उनका प्रमुख स्वकीय सचिव भरत तिवारीका अनुसार कोइरालाले काठमाडौंको भ्याली स्कुलबाट मतदान गर्ने छन् ।

नवलपरासीबाट संघीय निर्वाचन लड्दै आएका कोइरालाको मतदाता नामावली काठमाडौंमा रहेको छ । काठमाडौंको महाराजगञ्ज निवासी कोइरालाले शुक्रबार विहान ८ बजे भ्याली स्कुलको मतदान केन्द्रमा भोट हाल्ने तिवारीले रातोपाटीलाई बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस