• २०८३ बैशाख १३ गते आइतवार

२५ लाख रुपैयाँसहित दुईजना हुण्डी कारोबारी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ११, धनुषा । साढे २५ लाख रुपैयाँ रकमसहित धनुषाबाट दुईजना हुण्डी कारोबारी पक्राउ परेका छन् । धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार साढे २५ लाख रुपैयाँ लिएर भारत तर्फ जाँदै गर्दा विशेष सूचनाको आधारमा दुवै जनालाई जटही नाकाबाट पक्राउ गरिएको हो ।

उनका अनुसार पक्राउ पर्नेमा महोत्तरी बस्ने टेन्ट व्यवसायी संजय साह र भारत पिपरौनका सुमित यादव रहेका छन । भारतीय नम्बरप्लेटको मोटरसाइकलमा गइरहेको बेला नगदसहित पक्राउ परेका दुवै जनलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको उपरीक्षक रानाभाटले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस