• २०८३ बैशाख ५ गते शनिवार

तिलोत्तमाको मेयरका एमालेबाट चार जनाको नाम सिफारिस

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २९, काठमाडौं । नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुखका लागि चार जनाको नाम सिफारिस गरेको छ ।एमाले तिलोत्तमाको प्रमुखका लागि बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस गरिएको हो ।

यस्तै उपप्रमुखका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ ।बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगिता गुरूङको नाम सिफरिस गरिएको हो ।

तिलोत्तमा नगर एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको क्षेत्र हो ।

Sharing

प्रतिक्रिया दिनुहोस