चैत २९, जनकपुरधाम। धनुषाको जनकपुरधाममा अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडानम्बर-१० स्थित प्रादेशिक अस्पताल अगाडिबाट ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर-९ घर भई जनकपुरधाम-४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका-१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरेको हो ।