फागुन २८, काठमाडौं । रक्तदान जीवन दान’ भन्ने मुल नारा साथ लायन्स क्लब अफ काठमाडौं स्काई रारा, लायन्स क्लब अफ काठमाडौं स्काईफर लायन्स क्लब अफ काठमाडौं भिक्टरीकाे संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रमा सम्पन्न भएको छ । स्काई पार्टी प्यालेस सामाखुसीचोकमा उक्त रक्तदान कार्यक्रम भएको हाे।

लायन्स क्लब अफ काठमाडौं सहयात्री र सदीक्षा ओभरसिसकाे विशेष सहयोगमा सम्पन्न रक्तदान कार्यक्रम १०३ पोइन्ट रगत संकलन भएको क्लबका अध्यक्ष दिपक थापाले जानकारी दिए ।
काेराेनाका कारण रगतकाे चरम अभाव भएको बेला आयोजना भएको उक्त कार्यक्रम रक्तदान गर्ने सम्पूर्ण सहभागी र सहयोगीहरुलाई धन्यवाद दिदै क्लबका अध्यक्ष थापाले आगामी दिनमा पनि सामाजिक कार्यमा उत्तरदायी रहदै विभिन्न कार्यक्रम गर्ने क्लबको नीति रहेको जानकारी दिए।