• २०८३ बैशाख ३० गते बुधवार

कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं ।  कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । आज बिहान बल्खुबाट चोभारतर्फ गइरहेको मोडर्न इन्डियन स्कुलको ना१क १६१२ नम्बरको बसले ठक्कर दिँदा २९ वर्षीय सुवासचन्द्र रतेलाको मृत्यु भएको हो ।

बसको ठक्करबाट घाइते रतेलाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बझाङको जयपृथ्वीबहादुर नगरपालिका कोटेली-५ निवासी रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालक मनजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस