• २०८३ असार १ गते सोमवार

नेकपा एमाले काठमाडौंको विशेष बैठक सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं । नेकपा एमाले काठमाडौं जिलृला कमिटीको चुनाव केन्द्रित विशेष बैठक दियो ब्याङ्केट चावहिलमा बसेको छ । नेकपा एमाले काठमाडौं अन्तरगत रहेका क्षेत्रिय संयोजक, सचिव, नगर ईन्चार्ज एवम जनवर्गिय संगठनका ईन्चार्ज र सहईन्चार्जको उपस्थितिमा बैठक बसेको हो ।

बैठक नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालको प्रमुख आतिथ्यतामा बैठक भएको हो । कार्यक्रममा पुर्वमन्त्रि एवम स्थायी कमिटी सदस्य, जनसंगठन प्रमुख भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य, काठमाडौं ईन्चार्ज कृष्णगोपाल श्रेष्ठ, पोलिटब्युरो सदस्य तथा काठमाडौं सह ईन्चार्जहरु नारायण सिलवाल र रुप नारायण सिलवाल, बिद्यासुन्दर शाक्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिती उपमहासचिव बिष्णु रिमालले चुनाव प्रचारको शैलि परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले गठबन्धन बेगरपनि एमालेले बहुमत ल्याउनुपर्ने बताउदैं एमालेले स्थानिय चुनावमा ल्याएको मतमा थप ६% मात्र मत बढाउन सकेमा एमालेले बहुमत ल्याउने बताउनु भयो ।

कार्यक्रममा पुर्वमन्त्रि एवम स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेकपा एमालेले संविधान दिवसका अवसरमा आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अनुरोध गर्नुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस