• २०८३ जेष्ठ २२ गते शुक्रवार

मुगुका एक बालिका जुम्लामा उपचार, मानसिक असन्तुलन रहेकि स्पष्टोति, उद्धार गर्न माग

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

फागुन २७, मुगु । मुगु जिल्लाकि एक मानसिक असन्तुलन भएकि बालिका जुम्लामा उपचारमा रहेकी छन् । जिल्लाको खत्याड गाउपालिका वडा नं २ ठेगाना बताउने १४ वर्षिया बालिका कलमा बुढा मानसिक असन्तुलन भई हाल जुम्ला बजारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला उपचार भईरहेको हो ।

प्राप्त जानकारी अनुसार उनको मानसिक असन्तुलनका कारण कहिले कार्मारोग गाउपालिका वडा नं २ त कहिले खत्याड गाउपालिका आफ्नो घर बताउने गरेको हुदाँ कुन ठाउकि हुन कसकी छोरी हुन भन्ने हालसम्म खुल्न नसकेको जनाईएको छ । उनलाई सबै कुरा सोध्न खोज्दा केही पनि जवाफ नआएको बताईएको छ ।

जुम्लाको एक कार्यालयले दिएको सुचना अनुसार मानसिक असन्तुलन रहेकि बालिकालाई आफैं बुवाले छोडेर अन्तै गएको जानकारी दिएको छ । उनको घरमा उनी सहित ६ जना छोरा छोरी रहेको जनाईएको छ । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ओसि एमसिको आर्थिक सहयोगमा निशुल्क उपचार भईरहेको घरेलु हिंसा तथा यौनजन्य दुर्व्यवहारबाट प्रभावित महिलाहरुका लागि सुरक्षित अल्पकालिन आश्रम सहितको जिल्ला सेवा केन्द्र प्रमुख का क्न्द्र लक्ष्मि कार्कीले जानकारी दिईन । उनले भनिन ति बालिका अहिले कुनै पनि हालतमा कुरा गर्न सक्दैनन, गरे पनि के कस्तो कुरा गर्ने , डुल्ने , बरबराउने , जस्ता समस्या देखिएको बताईन ।

मुगुबाट जुम्ला पुगेकि उनी करिब ३ दिन सम्म प्रहरी र सेफ हाउसको साथमा रही प्रतिष्ठानमा उपचार भईरहेको छ । कार्कीले भनिन, यि कलिली बालिकालाई उसको बुवाले छोडेर हिडेछन्, यस्तो सुचना आफु कहाँ पुगे पछि घाउमा मलम लगाउने प्रयास गरेको उल्लेख गर्नुभयो ।

बालिकालाई सुई मार्फत उपचार भईरहेको बताईन । केन्द्र प्रमुख कार्कीले भनिन् यि बालिका लाई उद्धार गर्न र सम्बन्धित घर परिवार लाई बुझाउन नियमित रुपमा संघर्ष गरेका छौ हाल सम्म कुनै पनि एकिन जानकारी पाएका छैनौ, जानकारी पाउने बित्तिकै सम्बन्धित परिवार लाई बुझाउने अवस्थामा रहेको बताईन । उनी लाई यसरी एक्लै पठाउ भने कुनै हिंसा, बलात्कार, दुर्व्यवहार जस्ता घटनामा पर्ने चिन्ताले आफन्तको एकिन जानकारी नपाउदासम्म यसै सेफ हाउसमा राखिने कार्कीको भनाई थियो । उनले यो पनि भनिन, यि मानसिक असन्तुलन वालिका लाई उद्धारका लागि सबै तह तप्का बाट प्रक्रिया अगाडी बढिरहेको छ । साथै यदि कोही कसैले चिनेको ब्यक्ति छ भने उद्धार गरि दिन पनि उनले आग्रह गरिन ।उनी लाई उद्धारका लागि ७७ वटै जिल्लामा परिपत्र भैसकेको बताईन ।

Sharing

प्रतिक्रिया दिनुहोस