• २०८३ भाद्र ६ गते शनिवार

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २८, काठमाडौँ । सुनको भाउ बुधबार तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार कायम भएको छ ।

मंगलबार सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । बुधबार एक हजार २४५ रुपैयाँमा कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस