• २०८३ बैशाख १० गते बिहिवार

एमालेले बोलायो केन्द्रीय कमिटीको बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो ।

एमाले केन्द्रीय कार्यालयका अनुसार त्यसअघि चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठक बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस